गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल संघ मातहतमा राख्ने सरकारको निर्णय
काठमाडौँ, ११ भदौ । सरकारले गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल संघीय सरकार मातहत ल्याउने निर्णय गरेको छ ।
राजविराजमा स्थापना भएको रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको ‘वीङ्स’को रुपमा सञ्चालन गर्न अञ्चल अस्पताललाई संघ मातहतमा ल्याउने निर्णय गरेको हो ।
मन्त्रालयका उपसचिव भवनाथ खतिवडाले गत मन्त्रिपरिषद बैठकमै सो निर्णय भएको जानकारी दिए ।
त्यसो त प्रतिष्ठानको काम अगाडि बढाउन राजविराजमा पूर्वाधार तयारी विकास समितिको कार्यालय समेत उद्घाटन भइसकेको छ। कुल ९ अर्बको लागतमा निर्माण हुन लागेको ‘रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान’को काम तीव्र रुपमा अगाडि बढ्ने बताइएको छ ।
मन्त्रिपरिषद्को २०७५ पुष २३ गतेको बैठकले सप्तरीको राजविराजमा प्रतिष्ठान स्थापना गर्ने निर्णय गरेको थियो।
प्रतिष्ठानका लागि राजविराज नगरपालिकाले वडा नम्बर १० स्थित बिरौल चोकमा ६२ बिघा जग्गा उपलब्ध गराएको छ। अञ्चल अस्पताललाई प्रतिष्ठानको शैक्षिक वीङ्सको रुपमा सञ्चालन गर्ने तयारी भएको छ ।
सम्पर्क इमेल : [email protected]
ek dum khusi lagyo!