मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक पारित


भीमफेदी, १० भदौ । प्रदेश नं ३ को प्रदेशसभाको आज बसेको बैठकले ‘मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक, २०७६’ र ‘प्रदेशसभा नियमावली, २०७४ लाई पहिलो संशोधन गर्न बनेको नियमावली, २०७६’ लाई सर्वसम्मतिबाट पारित गरेको छ ।

बैठकमा सामाजिक विकासमन्त्री युवराज दुलालले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक र प्रदेशसभा नियमावलीको पहिलो संशोधन गर्न बनेको नियमावली कार्यदलका संयोजक रामेश्वर फुयाँलले पारित गर्न प्रस्ताव प्रस्तुत गरेका थिए ।

बैठकमा विधेयकमाथिको छलफलमा उठेका जिज्ञासाको जवाफ दिँदै सामाजिक विकासमन्त्री दुलालले हेटौँडा अस्पताललाई भविष्यमा गुणस्तरीय उपचार सेवा प्रदान गर्न एवं सबै प्रदेशका विद्यार्थीलाई चिकित्सक विज्ञान अध्ययन गर्न निष्पक्षका साथ सुविधा उपलब्ध गराइने विश्वास दिलाए । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *