रोकिएको स्वास्थ्यको समायोजन छिटै सुचारु हुँदै

32.4k
Shares

काठमाडौँ, ९ भदौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रोकिएको समायोजन प्रक्रिया छिटै सुचारु हुने जनाएको छ । स्वास्थ्यकर्मीको गुनासो सम्वोधन गर्ने विषय देखिएको कन्फ्युजन हटने क्रममा रहेको भन्दै रोकिएको समायोजन प्रक्रिया छिटै सुचारु हुने जनाएको हो ।

समायोजनमा नमिलेका कर्मचारीको गुनासो सम्वोधन गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट लिखित आदेश नआएपछि स्वास्थ्यले जारी समायोजन प्रक्रिया स्थगित गरेको थियो ।

‘सामान्यसंग कुरा भईसकेको छ । उहाँहरु सकारात्मक हुनुहुन्छ । अब चिठी आज वा भोलि आउँछ होला । त्यसपछि हामीले समायोजन कार्य सूचारु गर्नेछौँ,’ मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले भने ।

गत असारको १५ देखि शुरु भएको स्वास्थ्यको समायोजनले पछिल्लो समय केही गति लिन थालेकै बेला रोकिएको हो । समायोजन गर्नुपर्ने करीब साढे २७ हजार कर्मचारीमध्ये अहिलेसम्म एक तिहाईको मात्रै समायोजन भएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *