बबरमहल घुस काण्ड : स्वास्थ्य शिक्षा सूचना केन्द्रका अधिकृत गुप्तासंगै डा. भक्त केसी पनि तानिए

2.3k
Shares

काठमाडौँ, १ भदौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दामा टेकुस्थित स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रका स्वास्थ्य शिक्षा प्रशिक्षण प्रशासक डा भक्त केसीलाई पनि तानेको छ।

अख्तियारले गत १३ साउनमा केन्द्रका जनस्वास्थ्य अधिकृत राम अवतार गुप्तालाई बबरमहलबाट एक लाख रुपैयाँ घुस रकमसहित नियन्त्रणमा लिएको थियो।

उनकै बयानपछि अख्तियारले डा केसीलाई पनि उक्त मुद्दामा तानेको हो।

अख्तियारले उनीहरुविरुद्ध भ्रष्टाचार निवारण ऐन अनुसार कारबाहीको माग गर्दै विशेष अदालतमा आरोप पत्र दायर गरेको छ।

‘सेवाग्राहीसँग डा केसीले रकम माग गरेको पाइएको र राम अवतार गुप्ताले घुस रकम लिई डा केसी समेतले मिलेमतो गरी लिने खाने तथ्य पुष्टि हुन आएको’ आरोप पत्रमा उल्लेख छ।

उनीहरुलाई जनही बिगो एक लाख कायम गरी भ्रष्टाचार निवारण ऐन,२०५९ अनुसार आरोप पत्र दायर गरिएको अख्तियारले जनाएको छ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *