चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि तीन जनाको नाम सिफारिस

काठमाडौँ, ३० साउन । राष्ट्रिय चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि तीन जनाको नाम सिफारिस भएको छ । चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष नियुक्तिका लागि सिफारिस गर्न गठित समितिको बुधबार बसेको बैठले सरकार समक्ष तीन जनाको नाम सिफारिस गरेको हो ।

शिक्षा मन्त्रालय स्रोतका अनुसार सतिले एक नम्बरमा प्राडा सुरेन्द्र शेरचन, दुई नम्बरमा प्राडा शम्भुकुमार पहारी र तीन नम्बरमा प्राडा श्रीकृष्ण गिरीलाई सिफारिस गरेको छ।

मन्त्रालय स्रोतका अनुसार उपाध्यक्षका लागि दरखास्त दिएका उम्मेदवारमध्ये व्यावसायिक कार्ययोजनाको प्रस्तुति तथा अन्तर्वार्ताका आधारमा लोक सेवा आयोगकै पद्धतीमा आधारित भएर एक दुई र तीन नम्बरमा नाम सिफारिस भएको हो ।

सिफारिसको एक नम्बरमा परेका डा शेरचन मानसिक अस्पतालका पूर्व निर्देशक हुन्। दोस्रो नम्बरको सिफारिसमा परेका डा पहारीले लामो समय वीर अस्पतालमा काम गरेका थिए।  तेस्रो नम्बरको सिफारिसमा परेका डा गिरी हाडजोर्नी विशेषज्ञ हुन्। उनी चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका पूर्व रेक्टार हुन्।

उपाध्यक्ष पदका लागि आवेदन दिएका नौ जना डाक्टरमध्ये साउन २८ र २९ गते अन्तर्वार्ता प्रस्तुतीकरणपछि तीन जनाको नाम सिफारिसमा परेको हो।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

One thought on “चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि तीन जनाको नाम सिफारिस

  1. चिकित्शा सेवा आयोग माग्नु गोविन्द के सि को भुल थियो भन्ने तथ्य लाई प्रमाणित गरिदियो , यो आयोग का लागी सिफारिसको नतिजाले । डा शेरचन चि बि रा प्र का प्राध्यापक भए पनि मेडिकल एजुकेसनिश्ट होईनन । यिन ले मेडिकल एडुकेशन मा केहि योग्दान पुर्याएका छैनन । न त कुनै अनुभव नै छ
    राज्नैतिक दादागिरिको भर मा क्लिनिकल प्रध्यापक को पद पाएका डा शम्भु पहाडीको सिफारिस्ले सम्पुर्ण शिक्षाबिद हरुलाई नै खिल्ली उडाइदिएको छ । सन २००९ मा चि बि बाट एम डि गरेका पहाडी को छनौट ले चिकित्शक जगत लाई अच्म्मित पारेको छ ।
    बिभिन्न आरोप खेपेका डा गिरिको सिफारिस लाई हेर्दा छनौट समितिको कार्यलाई बिना शन्का को दृश्टिले हेर्न मिल्दैन । दाग नलगेका र मेडिकल एजुकेसन मा काम गरेका ब्यक्ती नछनिनु नेपाली जगत को लागी दुर्भाज्ञ हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *