नेपाल नर्सिङ काउन्सिलको बोर्ड सदस्य पदमा ८ जना नर्सहरुको उम्मेद्धारी

काठमाडौँ, २९ साउन । आगामी २८ भदौमा हुने नेपाल नर्सिङ काउन्सिलको बोर्ड सदस्य पदको निर्वाचनको लागि ८ जना नर्सहरुको उम्मेद्धारी परेको छ ।

दावी विरोधको समय मंगलबार सकिएपछि निर्वाचन समितिले ८ जना उम्मेद्धारको नाम सार्वजनिक गरेको हो । उम्मेद्धारी दिनेहरुमा डा तारा शाह, कृष्णकुमारी पौडेल, तुलसादेवी अधिकारी, सीता कार्की, सरला केसी, जीता बराल, मित्रकुमारी देवकोटा, र रीना श्रेष्ठ छन् ।

यिनीहरुमध्ये चार जना नेकपा निकट र चार जना कांग्रेस निकटका नर्सहरु हुन् । यद्धपी सबैको उम्मेद्धारी स्वतन्त्र रुपमा परेको छ ।
स्रोतका अनुसार उम्मेद्धारी दिएकामध्ये प्राडा तारा शाह, कृष्णकुमारी पौडेल, तुलसादेवी अधिकारी, सीता कार्की नेकपा निकट नर्स मानिन्छन् । सरला केसी, जीता बराल, मित्रकुमारी देवकोटा, र रीना श्रेष्ठ कांग्रेस निकट नर्स मानिन्छन् ।

यसअघि नेपाल नर्सिङ एशोसियनस (नान्) को चुनावकै समयमा काउन्सिलका लागि तीन सदस्यको पनि मतदान हुने गर्दथ्यो ।

निर्वाचनमा संघको सदस्यले मात्र मतदान गर्न पाउने व्यवस्थाको काउन्सिलमा दर्ता भएका नर्सहरुले विरोध गरेका छन्। काउन्सिलमा हालसम्म अनमी सहित ८९ हजार भन्दा बढी नर्स दर्ता भएका छन्।

तर, नर्सिङ संघमा भने हालसम्म करिब १२ हजार नर्स मात्र सदस्य छन्।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *