प्रधानमन्त्री ओलीले भने, ‘मेरो स्वास्थ्य ठिक छ’

156
Shares

काठमाडौँ, २७ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्य ठिक भएको बताएका छन् । सिंगापुरमा स्वास्थ्य परीक्षण तथा उपचार गरि फर्केका प्रधानमन्त्री ओलीले केही वेर अघि फेसबुकमा स्टाटस राख्दै आफ्नो स्वास्थ्य अवस्था ठिक भएको बताएका हुन् ।

उनले भनेका छन् , ‘सिंगापुरमा स्वास्थ्य परिक्षण गरी आज फर्किएको छु। मेरो स्वास्थ्य सामान्य रहेको छ।
परिक्षणमा संलग्न सबै चिकित्सकप्रति आभार व्यक्त गर्दछु।मेरो स्वास्थ्य स्थितिप्रति चासो राखी चिन्ता व्यक्त गर्ने तथा स्वास्थ्यलाभको कामना गर्नु हुने सवै दिदीबहिनी दाजुभाईहरूलाई धन्यवाद दिन चाहन्छु।’

प्रधानमन्त्री ओली सोमबार दिउँसो १२ बजे थाई एयरको विमानबाट त्रिभुवन विमानस्थल आइपुगेका थिए। स्वास्थ्य उपचारका लागि र निजी भ्रमण भएको भन्दै प्रधानमन्त्रीले त्रिभुवन विमानस्थलमा पत्रकार सम्मेलन गरेनन्।

उनी १८ साउनमा सिंगापुर प्रस्थान गरेका थिए । सिंगापुरस्थित नेशनल युनिभर्सिटी हस्पिटलमा ओलीको स्वास्थ्य परिक्षण भएको हो। प्रधानमन्त्री ओलीको १२ बर्ष अघि मिर्गौला प्रत्यारोपण भएको थियो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *