पाँच दिन देखि थलिएकी बिरामीको उपचार गर्न श्याम चुनाराको तीन घण्टा पैदल

3.1k
Shares

अछाम, २७ साउन । करीब ३ घण्टाको पैदल यात्रा पछि श्याम चुनारा पाँच दिन देखि थलिएकी ४५ बर्षीया महिलालाई भेटन चौरपाटी आछाम पुगे । विरामी हेरे, पौष्टिक आहारको कमी देखे, कमजोरीले थलिएकी उनीमा अरु विभिन्न स्वास्थ्य समस्या भएको निस्कर्ष निकाले ।

‘केही औषधि दिए, घरको पिँढीमा सुताइएकी उहाँ(बिरामी)लाई स्लाइन चडाएँ । अनि फर्किएँ,’ चुनाराले भने ।

उनका अनुसार सो गाँउमा विद्युत र सञ्चार सुविधा छैन । कोही विरामी परयो भने अहेव र एचएलाई देखाउनका लागि करीब तीन घण्टा पैदल हिडनुपर्छ । चुनारालाई लिनका लागि पछि विरामी महिलाका श्रीमान् करीब तीन घण्टा हिडेर पुगेका थिए ।

उपचार गरिएकी महिला र हेल्थ अस्सिटेन्ट श्याम चुनारा

‘तीन घण्टा हिडेर मलाई लिन आउनुभयो । त्यसपछि हामी तीन घण्टा हिडेर उहाँकोमा पुग्यौँ । यातायात सञ्चार र विद्युतको अभावमा यस्ता समस्या सुदुरपश्चिममा कति छन् कति । राज्यको ध्यान कहिले पुग्ने हो कुन्नी ?,’ डडेल्धुराका चुनारा गुनासो गर्छन ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *