‘विद्यार्थी भर्ना गर्न लागेका मेडिकल तथा डेन्टल कलेजलाई यी निर्देशन दिनुहोस्’

936
Shares
फाइल फोटो

काठमाडौँ, २४ साउन । प्रतिधिनि सभा अन्तरगर्तको शिक्षा तथा स्वास्थ्य समितिले गठन गरेको मेडिकल कलेजको शुल्क विवाद लगायत विविध विषयमा अध्ययन गर्न गठित उपसमितिले अध्ययन पुरा गरेको जनाएको छ ।

उसले मेडिकल डेन्टल कलेजहरुको भर्ना समय आइसकेको भन्दै शैक्षिक कार्यक्रमको प्रवेश परीक्षा, भर्ना तथा शुल्क सम्वन्धी विषयमा १० बुदे निर्देशन जारी गर्न शिक्षा तथा स्वास्थ्य समितिलाई सुझाव दिएको छ ।

आज बसेको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा मेडिकल कलेजको शुल्क विवाद लगायत विविध विषयमा अध्ययन गर्न गठित उपसमितिका संयोजक सुरेशकुमार राईले समिति सभापति जयपुरी घर्ती समक्ष १० बुँदे निर्देशनको मस्यौदा बुझाएका छन् ।

सो निर्देशनमा मेडिकल कलेजहरुको शुल्क, आरक्षण, शैक्षिक कर्जा, फ्याक्लटी र सम्वन्धन खारेजसम्म लगायतका विषयबस्तुहरु उल्लेख छ ।

राईको संयोजकत्वमा गठित उपसमितिमा उमेश श्रेष्ठ, एकवाल मिया, खगराज अधिकारी, चित्रलेखा यादव, जीवनराम श्रेष्ठ, मनकुमारी जिसी, सन्तकुमार थारु सदस्य छन् ।

यस्तो छ सुझाव प्रतिवेदन

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *