त्रिवि आईओएमद्धारा स्नातक तहको शुल्क ५ प्रतिशत बृद्धि गर्ने निर्णय

1.9k
Shares

काठमाडौँ, २४ साउन ।  त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन् संस्थान (आईओएम)ले एमबीबीएस र बीडीएस बाहेक स्नातक तहका सबै कार्यक्रमको शुल्क ५ प्रतिशत बृद्धि गर्ने निर्णय गरेको हो । आईओएममा हिजो बसेको विद्या परिषद्को बैठकले शुल्क बढाउने निर्णय गरेको हो ।

शुल्कबृद्धि हुने विषयहरुमा विएस्सी र विएन नर्सिङ, बीएएसएलटी, बी अपटम, बीएमआईटी, बी एमएलटी, बि फार्मेसी, बीएएमएस लगायत ११ वटा विषय छन् ।

आइओएमका सहायक डीन प्राडा राजेन्द्र गुरागाईँले हिजो बसेको विद्यापरिषदबाट गतवर्ष भन्दा पाँच प्रतिशत शुल्क बढाउनका लागि त्रिवि कार्यकारीलाई सिफारिस गर्ने निर्णय गरेको बताए ।

उनले एमबीबीएस र बीडीएसको शुल्क भने सरकारले तोक्ने र त्यसको जिम्मा आयोगले नै लिईसकेको भन्दै बाँकी विषयहरुको आफूहरुले तोक्ने निर्णय गरेको बताए ।

यता संसदको शिक्षा तथा स्वास्थ्य समितिले चिकित्साशास्त्रको विभिन्न विषयमा शुल्क बढाउने आइओएमको प्रस्तावप्रति आपत्ति जनाएका छन् । शुक्रबार बसेको बैठकमा समितिका सभापति जयपुरी घर्तीसमक्ष समितिका सदस्यहरुले सो विषय उठाएका थिए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *