यसबर्ष सूर्तिजन्य पदार्थमा कति बढ्यो कर ?

काठमाडौँ, २३ साउन ।  सरकारले सूर्तिजन्य पदार्थमा लाग्दै आएको करमा यसबर्ष सामान्य बृद्धि गरको छ ।

गत ३० असारमा प्रमाणिकरण भएको आर्थिक ऐन २०७६ ले सूर्तिजन्य पदार्थहरु सिगार, चुरोट, गुड्खा, खैनी पराग जस्ता कच्चा तथा तयारी सूर्तीजन्य बस्तुहरुमा लाग्दै आएको करमा औषत साढे १० प्रतिशतले बृद्धि गरेको हो । यसबर्षको करको दर अघिल्लो बर्षको तुलनामा झण्डै ५० प्रतिशतले कम गरेको छ ।

आर्थिक ऐन २०७५ मा प्रतिखिल्ली १५ रुपैयाँ तोकिएको सिगारको करको दर यसबर्ष १७ रुपैयाँ पुगेको छ । यस्तै फिल्टर नभएको चुरोटमा गत वर्ष प्रतिएम ४५० पु¥याएकोमा यसबर्ष प्रतिएम रु ४९५ पु¥याएको छ ।

यस्तै जर्दा खैनी तथा गुडखा तथा पानमा लाग्दै आएको दरमा पनि १० प्रतिशतले बढाइएको छ । सो पदार्थमा गतवर्ष प्रतिकिलो ५५४ रुपैयाँ थियो । यसबर्ष भने सो पदार्थमा प्रतिकिलो ६१० रुपैयाँ पुगेको छ ।

त्यसो त अर्थमन्त्री डा युवराज खतिवडाले अघिल्लो आर्थिक बर्षमा लागू गरेको स्वास्थ्य जोखिम कमलाई निरन्तरता दिने घोषणा गरेका छन् ।

गत १५ जेठमा प्रस्तुत गरेको बजेटमा विदेबाट पैठारी हुने र स्वदेशमा उत्पादित चुरोट विडी सिगारमा प्रतिखिल्ली २५ पैसा र खाने सूर्ति खैनी गुडखा पान मसलामा प्रतिकिलोग्राम २५ रुपैयाँका दरले स्वास्थ्य जोखिम कर लगाउने घोषणा भएको छ ।

कुन पदार्थमा कति ?

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *