निजामति कितावखानाले स्वास्थ्य सचिव डा. चौधरीको नाम अवकाश पाउने सूचीबाट हटायो
काठमाडौँ, २१ साउन । निजामति कितावखानाले यस आर्थिक बर्षमा अवकाश पाउने कर्मचारीहरुको सूचीबाट स्वास्थ्य सचिव डा पुष्पा चौधरीको नाम हटाएको छ ।
कितावखानाले गत २ साउनमा प्रकाशित गरेको यस आर्थिक बर्ष भित्र अवकाश पाउने कर्मचारीहरुको सूचीमा स्वास्थ्य सचिव डा चौधरीको अवकाश मिति ६ मंसिर भएको उल्लेख थियो ।

नेपाली हेल्थले गत १४ साउनमा समाचार प्रकाशित गरेपछि १६ साउनको मिति राखेर कितावखानाले प्रकाशित गरेको सूचनामा डा चौधरीको हटाइएको जनाएको छ । प्राविधिक कारणले डा चौधरीको नाम समावेश भएको भन्दै सूचीबाट हटाइएको उल्लेख छ ।

स्रोतका अनुसार सचिव डा चौधरीको अवकाश मिति आउन अझै २ बर्ष बाँकी नै छ ।
‘निजामतिको ५८ वर्षे उमेर हदका लागू गर्ने क्रममा स्वास्थ्य समूहको डा चौधरीको पनि परेको हो ।स्वास्थ्य समूहको कर्मचारीको उमेर हद ६० बर्ष हुन्छ । त्यसलाई निजामति किताव खानाले सच्याएको छ,’ मन्त्रालय स्रोतले भन्यो ।
सम्पर्क इमेल : [email protected]