निजामति कितावखानाले स्वास्थ्य सचिव डा. चौधरीको नाम अवकाश पाउने सूचीबाट हटायो

4.6k
Shares

काठमाडौँ, २१ साउन । निजामति कितावखानाले यस आर्थिक बर्षमा अवकाश पाउने कर्मचारीहरुको सूचीबाट स्वास्थ्य सचिव डा पुष्पा चौधरीको नाम हटाएको छ ।

कितावखानाले गत २ साउनमा प्रकाशित गरेको यस आर्थिक बर्ष भित्र अवकाश पाउने कर्मचारीहरुको सूचीमा स्वास्थ्य सचिव डा चौधरीको अवकाश मिति ६ मंसिर भएको उल्लेख थियो ।

निजामति कितावखानाले २ साउन २०७६ मा यस्तो सूची प्रकाशित गरेको थियो

नेपाली हेल्थले गत १४ साउनमा समाचार प्रकाशित गरेपछि १६ साउनको मिति राखेर कितावखानाले प्रकाशित गरेको सूचनामा डा चौधरीको हटाइएको जनाएको छ । प्राविधिक कारणले डा चौधरीको नाम समावेश भएको भन्दै सूचीबाट हटाइएको उल्लेख छ ।

निजामति कितावखानाको वेवसाइटमा यस्तो सूचना राखिएको छ

स्रोतका अनुसार सचिव डा चौधरीको अवकाश मिति आउन अझै २ बर्ष बाँकी नै छ ।

‘निजामतिको ५८ वर्षे उमेर हदका लागू गर्ने क्रममा स्वास्थ्य समूहको डा चौधरीको पनि परेको हो ।स्वास्थ्य समूहको कर्मचारीको उमेर हद ६० बर्ष हुन्छ । त्यसलाई निजामति किताव खानाले सच्याएको छ,’ मन्त्रालय स्रोतले भन्यो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *