पदस्थापन पछि डा. भीमसिंह तिंकरी सम्हाले परिवार कल्याण महाशाखा
काठमाडौँ, ६ साउन । समायोजन पछि स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाको निर्देशकमा पदस्थापन भएका डा भीमसिंह तिंकरीले आज औपचारिक रुपमा पदवहाली गरेका छन् । विहान १० बजे महाशाखामा पुगेर उनले पदवहाली गरेका हुन् ।
यसअघि डा तिंकरी राष्ट्रिय क्षयरोग केन्द्रमा निर्देशक थिए । रमाना केही समय अघि नै लिए पनि उनी हिजो मात्रै त्यहाँबाट विदाई भएका थिए । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सहमतिमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत १५ असारमै १५६ जना एघारौँ तहका कर्मचारीको पदस्थापन गरेको थियो । डा तिंकरीले भने आर्थिक बर्षको अन्तमा बाँकी केही काम सम्पन्न गरेरमात्रै नयाँ ठाँउमा कार्यभार सम्हाल्न जाने बताएका थिए ।
परिवार कल्याण महाशाखामा यसअघि निर्देशक रहेका डा आरपी विच्छा भने कान्तिबाल अस्पतालको निर्देशक भएका छन् । उनी यसअघि नै अस्पतालमा पुगेर जिम्मेवारी सम्हाली सकेका छन् ।
उता क्षयरोग केन्द्रका लागि नयाँ निर्देशक बनेका डा सागर राजभण्डारीले एक साता अघि देखि नै जिम्मेवारी सम्हालेका छन् ।
सम्पर्क इमेल : [email protected]