प्रादेशिक अस्पतालको मुख्यद्धार जलमग्न

284
Shares
बिराटनगर २६ असार । मोरङ जिल्लास्थित प्रादेशिक अस्पताल वर्षातको समयमा पानी पस्न नदिन विशेष सर्तकता अपनाइए पनि विगत दुई दिनदेखि लगातारको वर्षाले अस्पताले परिसरमा पानी जमेको छ ।

अस्पताल वरपरका सडक अग्ला हुनु, विराटनगर महानगरपालिकाले थालेको नालाको निर्माणकार्य पूरा नभएको र ५० वर्ष पहिले निर्माण भएको उक्त अस्पताल गहिरो भएकाले समस्या उत्पन्न हुनाका साथै यसबाट आम नागरिकलाई सेवा लिन समस्या भएको छ ।

अस्पताल परिसरमा पानी जमेका कारण सेवाप्रदत्त चिकित्सक, नर्स, एम्बुलेन्स र सर्वसाधरणलाई आवतजावतमा कठिनाइ भएकाले पनि अहिले पानी फाल्न जनपद र सशस्त्र प्रहरीले मोटरको प्रयोग गगरिरहेका छन् ।

यस्तै अस्पतालको अवस्थालाई सामान्य बनाउन महानगरपालिकाले वरपरका अवरुद्ध नालालाई सफा गरिरहेकाले केही समयपछि नै जमेको पानी हट्ने महानगरपालिकाका प्रमुखका स्वकीय सचिव सविन दाहालले बताए ।

अस्पताल प्रशासनले भने बिरामीको उपचारमा कुनै असुविधा नभएको जनाएको छ ।रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *