अस्पताल सुरक्षाको विषयमा छलफल गर्दै स्वास्थ्य मन्त्रालय, गृहमन्त्री र गृह सचिवलाई बोलाइयो

1.4k
Shares

काठमाडौँ, २२ असार । स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीहरुमाथि आक्रमण हुने क्रम न्युनिकरण नभएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पताल सुरक्षा सम्वन्धी छलफल गर्न विशेष बैठक बोलाएको छ ।

उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्रीको अध्यक्षतामा सोमबार दिउसो बस्ने बैठकमा गृहमन्त्री रामबहादुर बादल, गृह सचिव प्रेम राई, सुरक्षा निकायका प्रमुखहरुलाई आमन्त्रण गरिएको छ ।

बैठकमा निजी अस्पताल सञ्चालकहरको संस्था अफिन, चिकित्सकहरुको संस्था नेपाल चिकित्सक संघ, नेपाल नर्सिङ संघ तथा स्वास्थ्य सम्वद्ध संस्थाहरुको प्रतिनिधिहरुलाई समेत बोलाइएको छ । बैठकमा स्वास्थ्य मन्त्रालयका सचिवहरु तथा उच्च अधिकारीहरु समेत रहनेछन् ।

‘खासगरी अस्पतालजन्य सुरक्षा चुनौती जो थपिदै गएको छ । यसबारेमा विशेष छलफल गर्नुपर्ने देखियो । त्यसैले भोलि गृहमन्त्री सहितका अधिकारीहरुसंग बसेर स्वास्थ्य सुरक्षाका विषयमा विशेष छलफल गर्दैछौँ,’ स्वास्थ्य सचिव रामप्रसाद थपलियाले भने ।

उनले बैठकमा चिकित्सक, नर्स, पारामेडिक्स, फार्मेसी लगायत स्वास्थ्य सरोकारवाला समूहका प्रतिनिधिहरुको सहभागिता हुने बताए । बैठक भोलि दिउसो ३ बजे स्वास्थ्य मन्त्रालयको हलमा राखिएको छ ।

यो या त्यो नाममा अस्पतालहरुमा तोडफोडको घटना बढ्दै जाँदा चिकित्सक तथा स्वास्थ्यकर्मीहरु हतोत्साहित हुँदै गएका छन् ।

उनीहरुले चिकित्सक तथा स्वास्थ्यकर्मीहरु माथि आक्रमण गर्नेहरुमाथि जेल वीथ आउट वील सम्वन्धी व्यवस्था कानूनमै बनाउन दवाव दिइरहेका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *