एन्टीबायोटिकको अनुचित प्रयोग कसरी रोक्ने ? स्वदेश विदेशका विज्ञ जुटे छलफलमा
काठमाडौँ, ११ असार । बढ्दो क्रममा रहेको एन्टीबायोटिकको अनुचित प्रयोगलाई कसरी नियन्त्रण गर्न सकिन्छ भन्दै सरकारले स्वदेशी तथा विदेशी विज्ञसंग छलफल चलाएको छ । हर्ड इन्टरनेशनलको प्राविधिक सहयोगमा स्वास्थ्य तथा जनसख्या मन्त्रालयले सो छलफल चलाएको हो ।
‘एन्टीमाईक्रोबेल रेसिस्टेन्ट ग्लोबल हेल्थ प्रोस्पेक्टस् इन वान हेल्थ एप्रोच : कम्युनिटी इन्गेजमेन्ट’ विषयक तीन दिने सो छलफलमा नेपाल बाहेक अरु १५ बाट आएका ३० जना विज्ञको समेत सहभागिता छ ।
कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै स्वास्थ्य सचिव डा पुष्पा चौधरीले एन्टीबायोटिकको अनुचित प्रयोगलाई रोक्न जनचेतना जरुरी रहेको बताइन । उनले अहिले तीन तहको सरकार रहेको भन्दै संघ मात्रै नभएर प्रदेश तथा स्थानीय निकायले समेत यसलाई गम्भिरताका साथ लिनुपर्ने बताइन ।
स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा सुशील प्याकुरेलले एन्टीबायोटिकको अनुचित प्रयोग मानवमा मात्रै नभएर पशुपंक्षिमा समेत देखिएको भन्दै यसलाई रोक्न जरुरी भएको बताए । उनले नयाँ एन्टीबायोटिक बन्नेक्रम रोकिएको र पुरानाले काम गर्न छाडेको अवस्थामा यसको अनुचित प्रयोगलाई नियन्त्रण गर्नु अहिलेको आवश्यकता रहेको बताए ।
हर्ड इन्टरनेशनलका निर्देशक डा सुशीलचन्द्र बरालले विश्व स्तरमा एन्टी माइक्रोवियल रेजिस्ट्यान्सको अवस्था कस्तो छ ? तिनिहरुको सिकाई के के छन् र बाहिरको अनुभवलाई कसरी प्रयोग गरी नेपालमा यसको प्रभाव घटाउन सकिन्छ भन्ने बारेमा छलफल शुरु गरेको बताए ।
‘अहिले हामीकहाँ एमएमआर रोक्नका लागि प्रमुख हतियार ओन हेल्थ एप्रोच नै हो । किनभने विभिदताले समेटिएको नेपालमा सबै ठाँउमा एउटै नीतिले काम गर्दैन । त्यसलाई परिवर्तन गर्नुपर्छ । अहिलेसम्म कम्युनिटी अवारनेश भनेका थियौँ अब कम्युनिटीलाई इन्गेजमेन्ट गराउनुपर्छ । हामी यहि विषयमा केन्द्रीत रहेर छलफल गर्दैछौँ ‘ उनले भने ।
उनले अब एन्टीबायोटिकको अनुचित प्रयोग रोक्न स्थानीय सरकार र समुदायको प्रम्ख भुमिका हुने भन्दै त्यसमा समेत छलफल केन्द्रीत रहने जानकारी दिए ।
कार्यक्रममा स्वदेशका तथा विदेशबाट आएका विज्ञहरुले कार्यपत्रहरु प्रस्तुत गरिहेका छन् ।
सम्पर्क इमेल : [email protected]