स्वास्थ्य मन्त्रालयमा यसरी मनाइयो योग दिवस – फोटो फिचर

336
Shares

काठमाडौँ, ६ असार । अन्तराष्ट्रिय योग दिवसको अवसरमा आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालय परिसरमा योग शिविरको आयोजना गरिएको छ ।

स्वास्थ्य मन्त्रालय आयुर्वेद तथा बैकल्पिक चिकित्सा विभागको आयोजनामा भएको शिविरमा स्वास्थ्य राज्यमन्त्री डा सुरेन्द्रकुमार यादव, स्वास्थ्य सचिवद्धय डा पुष्पा चौधरी, रामप्रसाद थपलिया, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा गुणराज लोहनी, आयुर्वेद तथा बैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा बासुदेव पाण्डे, विश्व स्वास्थ्य संगठनका नेपाल प्रमुख डा जोश भेन्डेलर सहित स्वास्थ्यका अधिकारीहरु, कर्मचारी तथा स्वास्थ्य सम्वद्ध संस्थाका प्रतिनिधिहरुको सहभागीता थियो ।

कार्यक्रममा ब्रमकुमारी राजयोग केन्द्रका प्रशिक्षकहरुले योग सिकाएका थिए । करीब १ घण्टा चलेको योग शिविरमा राज्यमन्त्री सचिव सहित उपस्थित सबैजना सहभागी थिए ।

हेरौँ तस्बिर :

केही तस्बिर डा. लोनिम दीक्षितको फेसबुकबाट 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *