विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानद्धारा स्नातक तहको प्रवेश परीक्षा स्थगित

2.1k
Shares

धरान ५ असार । यही असार ७ गते सञ्चालन गर्ने तयारीमा रहेको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्नातक तहको प्रवेश परीक्षा अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि स्थगन गरेको छ ।

प्रतिष्ठानका उपकुलपति प्रा डा राजकुमार रौनियारले स्नातक तहको एमबीबीएस, बीडीएस, बिएस्सी नर्सिङ र बीएम आइटीको प्रवेश परीक्षा अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि स्थगित गरेको जानकारी दिए ।

यसअघि दश जोड दुईको नतिजा नआउँदासम्म प्रवेश परीक्षा नलिन शिक्षा मन्त्रालयले आग्रह गरेको थियो । संसद्को शिक्षा तथा स्वास्थ्य उपसमितिको बैठकमा समेत परीक्षाबारे प्रश्न उठेको थियो ।

नेपाली विद्यार्थीको सहभागितालाई ध्यानमा राखेर प्रवेश परीक्षा स्थगित गरिएको उपकुलपति रौनियारले जानकारी दिए । तर स्नाकोत्तर तहका सबै परीक्षा भने असार ७ गते नै सञ्चालन हुने उनले बताए ।

एमडी/एमएस, एमडी एचए, एमीएस, एमएसी, र एमपीएचको परीक्षा भने ७ गते शनिबार नियमित हुनेछ ।

प्रतिष्ठानले गत वैशाख २४ गते प्रवेश परीक्षाको सूचना निकालेको थियो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *