डडेल्धुरा अस्पतालमा सुत्केरी मृत्यु प्रकरण : मन्त्रालयले बनायो छानविन समिति

736
Shares

काठमाडौँ, १ असार ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डडेल्धुरा अस्पतालको सुत्केरी मृत्यु प्रकरणको सत्य तथ्य छानविन गर्न मन्त्रालयका उपसचिव भानुभक्त न्यौपानेको संयोजकत्वमा तीन सदस्यीय छानवीन समिति गठन गरेको छ । समितिको सदस्यमा बरिष्ठ स्त्रीरोग विशेषज्ञ डा पुन्य पौडेल र बैतडी अस्पतालका मेसु डा बसन्त जोशी छन् ।

मन्त्रालयका प्रवक्ता महेन्द्र प्रसाद श्रेष्ठले जति सक्यो छिटो प्रतिवेदन बुझाउन समितिलाई निर्देशन दिएको बताए । छानवीन टोली आजै डडेल्धुरातर्फ लागेको छ ।

गत ३१ जेठमा अमरगढी नगरपालिका ६ कि २५ वर्षीया गीता ताम्राकारको शल्यक्रियाका क्रममा मृत्यु भएपछि आफन्तहरुले डाक्टरको लापरवाही भन्दै हुलदंगा मच्चाएका थिए ।

उनीहरुले अस्पताल तोडफोड र उपचारमा सम्लग्न डाक्टर माथि समेत आक्रमणको प्रयास गरेका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *