बैद्यखानाका प्रवन्ध निर्देशक डा. खरेल दुई बर्षमा दुई पटक भए पुनर्वहाली

288
Shares

काठमाडौँ १८ बैशाख । सर्बोच्चको आदेश अनुसार सिंहदरबार बैद्यखाना विकास समितिका प्रबन्ध निर्देशक डा. बंशदीप खरेल मंगलबार पदवहाली गरेका छन् । यो उनको दोस्रो पटक पुनर्वहाली हो । यसअघि गतवर्ष १८ फागुनमा पनि उनी सर्बोच्चकै आदेश अनुसार पुनर्वहाली भएका थिए ।

आठौँ तहका डा खरेललाई तत्कालिन स्वास्थ्य मन्त्री गगन थापाले १७ फागुन २०७३ मा बैद्यखानाको प्रवन्ध निर्देशकमा नियुक्त गर्ने निर्णय गरेका थिए । सो निर्णय विरुद्ध अघिल्ला प्रबन्ध निर्देशक डा. राजेन्द्रकुमार गिरी सर्बोच्च पुगे ।

सर्बोच्चले त्यसबेला डा गिरीको पक्षमा अन्तरिम आदेश दिदँै खरेलको नियुक्ति कार्यान्वयनमा नल्याउन आदेश दियो । तर, पछि पुन: सर्बोच्चले डा. गिरीको पक्षमा दिएको अन्तरिम आदेश खारेज गरयो र डा. खरेल पुर्नवहाली भए ।

तर, पछि २० असार २०७५ मा बसेको मन्त्रिपरिषदको बैठकले विकास समिति विगटन गर्ने गरयो । सो निर्णयलाई टेकेर २५ भदौमा पुन डा. खरेल बर्खास्त गरियो ।  पछि फेरी बैद्यखाना विकास समितिको गठन आदेश २०५१ अनुसार उही रुपमा सञ्चालन गर्ने निर्णय भयो ।

नयाँ निर्णयसंगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छैटौँ तहका डा हरिदेव यादवलाई प्रवन्ध निर्देशकको जिम्मेवारी दियो । डा. खरेल सबैकुरा एउटै हुने तर प्रबन्ध निर्देशक मात्रै फेरिने निर्णय गलत भएको भन्दै पुन सर्बोच्च पुगे । सर्बोच्चले गत १२ फागुनमा पुन डा. खरेलको पक्षमा फैसला दियो । उनी अदालतको आदेशमा दोस्रो पटक बैद्यखानामा बहाली हुन पुगे । तर, मन्त्रालयले चिठी र पूर्ण फैसला नआएको भन्दै डा. खरेललाई बैद्यखानामा हाजिर हुन रोकेको थियो ।

‘अहिले सबै विवरण उपलव्ध गराएपछि मात्रै हिजोबाट हाजिर हुन गएको छु,’ खरेलले भने ।

चार बर्षे कार्यकालका लागि नियुक्ती भएका खरेल सुरुको बहालीसंगै दुई बर्षको अबधीमा अहिलेसम्म तीन पटक बहाली भइसके । यो अवधीमा उनले करीब आधा समय मात्रै बैद्यखानामा विताएको बताए ।

चार बर्षे अवधी हो, दुई बर्ष पुग्यो तर दुई पटक बर्खास्तमा परेँ र पुर्नवहाली पनि भएँ । अब बाँकी २ बर्ष छ । यो अवधीमा के के हुन्छ थाह छैन तर मैले आफ्नो हिसावले काम अघि बढाउँछु । उनले भने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *