त्रिवि शिक्षण अस्पताल परिसरमा मनाइयो विश्व प्रयोगशाला दिवस
काठमाडौँ, १० बैशाख । विश्व प्रयोगशाला दिवसको अवसरमा नेपाल मेडिकल ल्याव्रोटरी स्टुडेन्ट सोसाइटी (एनएमएलएसएस) मंगलबार त्रिवि शिक्षण अस्पताल परिसरमा जनचेतनामुलक कार्यक्रम आयोजना गरेको छ ।
महाराजगञ्ज मेडिकल क्याम्पसका बीएस्सी एमएलटी विभागको सहयोगमा आयोजित कार्यक्रममा विद्यार्थीहरुले प्रयोगशालाको महत्व झल्काउन व्यानर तथा प्लेकार्ड प्रदर्शन गरेका थिए ।
खासगरी प्रयोगशालाबाट रोग पत्ता लाग्ने र रोग निवारणमा यसको भूमिका कस्तो रहेको छ भन्ने बारेमा जानकारी दिने हाम्रो उदेश्य थियो । विद्यार्थी अनिल सुवेदीले भने ।
उनले प्रयोगशाला (ल्याव) सम्वन्धी विषयको पढाईको बारेमा समेत प्रकाश पारेको बताए । प्रशोगशालाको विषय अध्ययन वीएससी एमएलटी तथा सीएमएलटी बाट पनि गरिन्छ ।
सुवेदीले आजको कार्यक्रमले नेपालमा विद्यमान समस्या र प्रयोगशाला विज्ञान प्रति भएको नकारात्मक सोचलाई हटाउन मद्धत गर्ने बताए ।
सम्पर्क इमेल : [email protected]