रुकुम पूर्व : वर्थिङ सेन्टर स्थापना

96
Shares


रुकुम पूर्व, २५ चैत । सिस्ने गाउँपालिका–३ स्थित पोखरामा वर्थिङ सेन्टर स्थापना गरिएको छ । वर्थिङ सेन्टर स्थापना गरिएसँगै त्यहाँका नागरिक खुशी भएका छन् ।

गाउँपालिकाको आर्थिक सहयोगमा पोखरामा वर्थिङ सेन्टर स्थापना गरिएको गाउँपालिकाका स्वास्थ्य संयोजक धनबहादुर केसीले बताए । हालसालै निर्माण भएको नयाँ भवनमा भौतिक पूर्वाधार पर्याप्त भएपछि वडामा वर्थिङ सेन्टर स्थापना गरिएको उनको भनाइ छ ।

वर्थिङ सेन्टरको आइतबार गाउँपालिकाका अध्यक्ष कुमारी बराल र प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । सो वर्थिङ सेन्टरबाट गाउँपालिकाका वडा नं ३, ४, ७ र रुकुम पश्चिम बाफीकोट गाउँपालिका–१ का नागरिक लाभान्वित हुने भएका छन् । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *