सिञ्जामा एम्बुलेन्स सेवा विस्तार

56
Shares

जुम्ला २४ चैत । सिञ्जा गाउँपालिकाले यसै हप्ताबाट एम्बुलेन्स सेवा विस्तार गरेको छ । गाउँपालिकाले स्थानीयवासी बिरामी भएको अवस्थामा समयमा सुविधा सम्पन्न अस्पतालमा लैजानका लागि एम्बुलेन्स सेवा विस्तार गरेको हो ।

गाउँपालिकादेखि करीब ५० किलोमिटर टाढा सदरमुकाम खलङ्गास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा लैजान सहज होस् भन्ने उद्देश्यले एम्बुलेन्स सेवा विस्तार गरेको गाउँपालिका अध्यक्ष देवलसिंह रावलले बताए । उनले भने, “यहाँका बिरामीको समयमा उपचार नपाएर ज्यान जोखिममा हुन्छ, एम्बुलेन्स भएपछि समयमा उपचार पाउनबाट वञ्चित नहुन भनेर गाउँपालिकाले यसै हप्ता एम्बुलेन्स खरीद गरी सेवा विस्तार गरेको हो ।”

नेपाल सरकारको दुई सय २० प्रतिशत कर छुटमा गाउँपालिकाले रु आठ लाख खर्च गरेर स्थानीयवासीलाई एम्बुलेन्स सेवा दिएको उनको भनाइ छ । बिरामी बोक्ने एम्बुलेन्स अन्य कुरामा बढी प्रयोग हुने सम्भावना भएकाले यहाँका नागरिक सचेत हुन आवश्यक रहेको अध्यक्ष रावलले बताए । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *