स्वास्थ्यका अधिकारी र ट्रेड युनियनका प्रतिनिधिसंग छलफल गर्दै सामान्य

12.1k
Shares

काठमाडौँ, २१ फागुन । स्वास्थ्य समूहका कर्मचारीको समायोजनमा भएको समस्या समाधानका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्वास्थ्यका अधिकारीहरुसंग आज छलफल गर्दैछ । सामान्यले सोही छलफलमा पाँच वटा ट्रेड युनियनका प्रतिनिधिलाई समेत बोलाएको बुझिएको छ ।

निर्णय भएको एक महिनासम्म स्वास्थ्य समूहका सहसचिवहरुलाई समायोजनको पत्र उपलव्ध गराउन नसकेपछि स्वास्थ्य समूहका कतिपय सहसचिवहरु रुष्ट बनेका छन् । सामान्यले भने प्राविधिक गडबडी र सरकारले पछिल्लो समय केही अस्पतालहरुको स्तरबृद्धि गरेका कारण समायोजनको पत्र दिन ढिलाई भएको बताउँदै आएको छ ।

स्रोतका अनुसार सामान्यमा छलफल गर्न स्वास्थ्य मन्त्रालय कर्मचारी प्रशासन महाशाखा प्रमुख जनार्दन गुरागाई, समन्वय महाशाखा प्रमुख महेन्द्रप्रसाद श्रेष्ठ र योजना महाशाखा प्रमुख विकास देवकोटा सहभागी हुँदैछन् ।

८ सय बढीको विवरण सच्याइयो

सामान्य प्रशासन मन्त्रालयले यसअघि प्रकाशित गरेको स्वास्थ्यका नासू तथा अधिकृत स्तरका कर्मचारीको बरिष्ठताक्रममा समेत गडबडी भएको पाइएको छ । सो विवरणमा आठ सय भन्दा बढी उजुरी परेपछि छानवीन गरी सच्याइएको छ ।

समायोजन प्रयोजनका लागि स्वास्थ्यका तर्फबाट समान्य प्रशासन मन्त्रालयमा समेत समन्वय गरीरहेका उपसचिव लिलाराज पौडेलले उजुरी परेका पाँचौँ छैटौँ, सातौँ आठौँ तहका करीब ८ सय बढी कर्मचारीको बरिष्ठताको क्रम सच्याइएको बताए ।

उनले भने, ‘पहिलेको सूची सच्याइएको छ । अव सम्भवत एक साता भित्र समायोजनको विवरण सार्वजनिक हुनेछ कि ?’

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *