क्यान्सर अस्पतालमा आफ्नै औषधालय

176
Shares

 

चितवन, १९ फागुन । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा आउँदो चैत अन्तिम सातादेखि आफ्नै औषधालय सञ्चालनमा ल्याउने भएको छ ।

क्यान्सरका बिरामीलाई प्रयोग हुने औषधि महँगो हुने भएकाले अस्पतालको आफ्नै औषधालयपछि सञ्चालनमा आएपछि बिरामी लाभान्वित हुने जनाइएको छ ।

अस्पतालका कार्यकारी निर्देशक डा विजयचन्द्र आचार्यका अनुसार चैत अन्तिम सातादेखि औषधालय सञ्चालन गर्ने गरी तयारी भइरहेको छ । फार्मेसीमा काम गर्ने १० जना कर्मचारी नियुक्त भइसकेको बताउँदै उहाँले तीन ठाउँमा औषधालय सञ्चालन हुने जानकारी दिनुभयो । चौबिसै घण्टा फार्मेसी सञ्चालन गरिनेछ ।

सञ्चालक समितिले औषधि खरीदका लागि बोलपत्र स्वीकृत गरिसकेको छ । निर्देशक आचार्यका अनुसार अस्पतालको आफ्नै फार्मेसी भएपछि ६० प्रतिशतसम्म सस्तोमा औषधि बिरामीले पाउने छन् । अस्पतालमा हाल रहेको साझाको औषधालयले औषधि बिक्री गर्दै आएको छ । अस्पतालमा आउने बिरामीले भित्ररहेका औषधालयबाट एक वर्षमा २० करोड हाराहारीको केमो मात्र खरीद गर्ने गरेको उनको भनाइ छ । महँगो केमोबाट हाल बिरामी ठगिएको गुनासो आउने गरेका छन् । आफ्नै औषधालय भएसँगै यो समस्या हल हुने विश्वास अस्पतालले लिएको निर्देशक आचार्यले बताए । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *