पूर्वखोला गाँउपालिकाद्धारा भोर्सेमा सामुदायिक स्वास्थ्य इकाईको स्थापना
पाल्पा, २० पुस । पूर्वखोला गाँउपालिकाको अति दुर्गम मानिने साविकको बीरकोट ९ भोर्सेमा बीरकोट सामुदायिक स्वास्थ्य इकाई स्थापना भएको छ । गाँउपालिकाको आफ्नै लगानीमा सामुदायिक स्वास्थ्य इकाई स्थापना भएको हो ।
बुधबार आयोजित एक कार्यक्रममा गाँउपालिका अध्यक्ष नुनबहादुर थापाले उक्त सामुदायिक स्वास्थ्य इकाईको उदघाटन गरेका छन् ।
सो इकाईबाट रामपुर नपा १० को साविक गेझा गाविस ४,५ र ९ नम्बरको र साविक विरकोटको ७, ८ र ९ नम्बर वडाका बासिन्दाहरु लाभान्वित हुने भएका छन् ।
सामुदायिक स्वास्थ्य इकाईमा सामान्य स्वास्थ्य परीक्षण, औषधि वितरण, परिवार नियोजनका अस्थायी साधन, खोप लगायतका सेवाहरु उपलव्ध हुने बताइएको छ ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



