पूर्वखोला गाँउपालिकाद्धारा भोर्सेमा सामुदायिक स्वास्थ्य इकाईको स्थापना

पाल्पा, २० पुस । पूर्वखोला गाँउपालिकाको अति दुर्गम मानिने साविकको बीरकोट ९ भोर्सेमा बीरकोट सामुदायिक स्वास्थ्य इकाई स्थापना भएको छ । गाँउपालिकाको आफ्नै लगानीमा सामुदायिक स्वास्थ्य इकाई स्थापना भएको हो ।

बुधबार आयोजित एक कार्यक्रममा गाँउपालिका अध्यक्ष नुनबहादुर थापाले उक्त सामुदायिक स्वास्थ्य इकाईको उदघाटन गरेका छन् ।
सो इकाईबाट रामपुर नपा १० को साविक गेझा गाविस ४,५ र ९ नम्बरको र साविक विरकोटको ७, ८ र ९ नम्बर वडाका बासिन्दाहरु लाभान्वित हुने भएका छन् ।

सामुदायिक स्वास्थ्य इकाईमा सामान्य स्वास्थ्य परीक्षण, औषधि वितरण, परिवार नियोजनका अस्थायी साधन, खोप लगायतका सेवाहरु उपलव्ध हुने बताइएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *