बिद्युत कटौती गर्ने प्राधिकरणको निर्णयप्रति ओम अस्पतालको आपत्ति

816
Shares

om

काठमाडौँ – नेपाल विद्युत प्राधिकरणले मंगलबार(भोली)बाट लोडसेडिङको तालिका अनुसार विद्युत लाइन काटिने भन्दै पत्र पठाएपछि चावहिलस्थित ओम अस्पतालले आपत्ती जनाएको छ । सो अस्पालले डेडिकेटेड फिडर जडान गरि केही बर्ष देखी चौविस घण्टे विद्युत सेवा लिदै आएको छ ।

प्राधिकरणको सञ्चालक समितिको बैठकले गरेको निर्णय भन्दै सोमबार प्राधिकरणका कर्मचारी चिठी बुझाउन अस्पताल पुगेका थिए । पत्रमा अर्को सूचना नभएसम्म ११ फागुन देखी अन्य सरह नै अस्पतालको लाइन काटिने उल्लेख छ ।

अस्पतालका अध्यक्ष डा. भोला रिजालले अस्पताल जस्तो अत्यावश्यक सेवा प्रदान गर्ने संस्थामा अन्य सरह लाइन काटिने भन्दै पठाएको चिठी प्रति आपत्ती प्रकट गर्दै तत्काल निर्णय सच्याउन आग्रह गरेका छन् ।

उनले अप्रेसन, भेन्टिलेटर, आइसियु, एनआईसीयु जस्ता सम्वेदनशील सेवा प्रदान गर्ने ठाउमा केही सेकेण्डको विद्युत गडवडीले समेत ठुलो क्षति हुन सक्ने भन्दै घण्टौ विद्युत नआउँदा त्यसले अस्पतालको सेवा र विरामीलाई मार पर्ने बताए । नेपाली हेल्थसंगकुरा गर्दै उनले भने, ‘अन्यथा हामी अत्यावस्यक सेवा कटौत गर्न बाध्य हुनेछौँ ।’

नेपाल विद्युत प्राधिकरणले अर्को निर्णय नभए सम्मका लागि निजी औधोगिक प्रतिष्ठान, अस्पताल लगायतका ग्राहकहरुको हकमा फाल्गुन ११ गतेबाट लोडसेडिङ् तालिकामा रहनेगरी विद्युत आपुर्तीको व्यवस्था मिलाउन भन्दै सार्वजनिक सूचना निकालेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *