सुदुरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्रीको गाडी दुर्घटना, तीन घाइते

116
Shares

धनगढी, २४ कात्तिक । सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री दीर्घबहादुर सोडारीले प्रयोग गर्दै आएको बा २ झ ३१२५ नं को स्कारपियो जिप गए राति कैलालीमा दुर्घटना हुँदा तीन जना घाइते भएका छन् ।

मन्त्री सोडारी जिपमा सवार नरहेको अवस्थामा भएको दुर्घटनामा परी जिपका चालक गोदावरी नगरपालिकाका धोजेन्द्र शाही, निजकै भान्जी नाता पर्ने दश वर्षीया आयुश्मा शाही र से३प २४२० नं को मोटरसाइकलका चालक गौरीगङ्गा नगरपालिकाका सुरेन्द्र चन्द घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक हरिबहादुर ओलीले बताए ।

दुर्घटनाबाट गम्भीर घाइते मोटरसाइकलका चालक चन्दलाई धनगढीको माया मेट्रो अस्पतालबाट थप उपचारका लागि काठमाडौँ सिफारिश गरिएको छ । अन्य दुईको अवस्था सामान्य छ ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत पर्ने कैलालीको बडैपुर सडक खण्डमा से३प २४२० नं को मोटरसाइकल र मन्त्री सोडारीको स्कारपियो जिप एकापसमा ठोक्किएर दुर्घटना भएको थियो । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *