नेपाली ‘फुटवलर’लाई डाक्टरहरुले गरे नि:शुल्क उपचारको घोषणा

0
Shares

dr ananta

काठमाडौँ – दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत फुटवल खेलमा सनसनी मच्चाई उपाधी जितेका नेपाली फुटवल टोलीका खेलाडीलाई विभिन्न चिकित्सकहरुले निशुल्क उपचारको घोषणा गरेका छन् ।

बरिष्ठ मानसिक रोग विशेषज्ञ डा. अनन्त अधिकारीले फाइनलमा भारत विरुद्ध सनसनीपूर्ण जित दर्ता गरेका नेपाली फुटवल टोलीका सदस्यलाई आवश्यक परेको खण्डमा जीवन भर निशुल्क उपचार सेवा दिने घोषणा गरेका छन् ।

उनले फेसबुकमा लेखेका छन, ‘म पेशागत रुपमा एउटा मनोचिकित्सकको हिसावले सम्पूर्ण खेलाडी साथीहरुमा मैले प्रदान गर्नसक्ने सेवा आजिवन निशुल्क गर्न चाहेको घोषणा गर्दछु ।’

उता अर्का चिकित्सक डा. सुधांशु केसीले पनि नेपाली फुटवलका एक सदस्यलाई आजिवन निशुल्क उपचारको घोषण गरेका छन् । बरिष्ठ कलेजो रोग विशेषज्ञ रहेका डा. केसीले सागमा हिरो कहलिएका गोल स्कोरर नवयुग श्रेष्ठलाई आफूले दिन सक्ने उपचार सेवा आजिवन निशुल्क गर्ने घोषणा गरेका हुन् । उनले आफ्नो ट्वीटरमा लेखेका छन्, ‘नवयुग श्रेष्ठलाई जिन्दगीभर मेरो क्लिनिकमा उपलव्ध र मैले गर्न सक्ने सम्पूर्ण उपचार ( नपरोस्, परेको खण्डमा ) निशुल्क गर्ने घोषणा गर्दछु ।’

dr sudhansu1

त्यसो त डा. केसीले यसअघि आयरल्याण्ड विरुद्ध सनसनी जित निकालेका अण्डर नाइन्टिन क्रिकेटका नेपाली युवा खेलाडीलाई एक पटकका लागि निशुल्क कलेजो जाँच (कम्प्रिहेन्सिभ लिभर चेकअप) घोषणा गरिकेका छन् ।

डा. केसी भन्छन् , ‘राष्ट्रको इज्यत उचो पार्ने खेलाडीलाई  आफ्नो तर्फबाट गर्न सक्ने सहयोगको घोषणा मात्रै गरेको हुँ । अहिले मलाई नवयुग मन पर्यो र आफ्नो तर्फबाट हुने सहयोग गर्न मनलाग्यो । क्रिकेटका सदस्यलाई पनि मैले मेरो क्लिनिकमा एक पटकका लागि कम्प्रिहेन्सिभ चेकअपको घोषणा गरेको छु । जुन चेकअप एक जनाका लागि साढे बाह्र हजार खर्च हुन्छ ।’

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *