कास्की बढी गर्भपतन हुने जिल्ला

224
Shares


पोखरा, १७ असोज । कास्की नेपालको सबैभन्दा बढी गर्भपतन हुने जिल्लाका रुपमा रहेको एक अध्ययनले देखाएको छ ।

विभिन्न सङ्घसंस्थाले गरेको अध्ययन तथा अनुसन्धानले गण्डकी प्रदेशलाई बढी गर्भपतन हुने जिल्लाका रुपमा देखाएको छ । त्यसमा पनि कास्कीमा ८५ प्रतिशत बढी गर्भपतन हुने गरेको तथ्याङ्कले देखाएको छ ।

परिवार नियोजन सङ्घ कास्कीका प्रमुख सन्तोष अधिकारीका अनुसार गर्भपतन गर्नका लागि कास्कीमा मात्रै ४०स्वास्थ्य संस्था छन् । गर्भपतन गर्नेमा शहरका महिला बढी हुने गरेको उहाँको भनाइ छ । “कास्कीका बजार क्षेत्रकै मात्रै ८३ प्रतिशतभन्दा बढी सेवाग्राही छन् । बाँकी मात्रै गाउँका महिला सेवा लिन आउँछन् ।” प्रदेशकै राजधानी र अन्य ठाउँभन्दा विशेषज्ञ सुविधा पाउने भएकाले कास्कीमा धेरैले गर्भपतन गर्न आउने गरेको उनी बताउछन् ।

त्यसैगरी कास्कीमा असुरक्षित गर्भपतनको समस्या बढिरहेको अधिकारी बताउछन्। “ एघार प्रतिशत त २० वर्षमुनिका युवती नै हुने तथ्य फेला परेको छ ।” उनीहरुले गैरकानुनी स्वास्थ्य केन्द्रमा गएर गर्भपतन गर्ने गरेको बताइएको छ ।

गर्भपतन गर्ने अधिकांश वैवाहिक सम्बन्धमा रहेकाहरु छन् । परिवार नियोजनको साधनको प्रयोगबारे जानकारी नलिने र प्रयोग गर्न नखोज्ने कारणले महिलाहरु गर्भपतनको जोखिम लिन बाध्य भएको अधिकारीको भनाइ छ । उनी भन्छन्“ परिवार नियोजनका साधनका प्रयोगबारे राम्रोसँग जानकारी लिन सक्ने हो भने गर्भपतन केही कम गर्न सकिन्छ ।” छोराको आशमा छोरीको भ्रुण हत्या गर्नेहरुका कारणले पनि गर्भपतन बढ्ने गरेको उनको भनाइ छ । गर्भपतन कम गर्नलाई महिला स्वयंले आफ्नो प्रजनन स्वास्थ्य अधिकारका बारेमा सचेत हुँदै परिवार नियोजनको साधनमा जोड दिनुपर्ने उनको सुझाव छ । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *