अर्का एक नक्कली डाक्टर पक्राउ

3.6k
Shares

cib

नेपाली हेल्थ / काठमाडौँ – केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले आइतबार थप एक नक्कली डाक्टरलाई पक्राउ गरेको छ । सीआईबीको टोलीले सप्तरीको राजबिराजस्थित सगरमाथा अञ्चल अस्पतलामा कार्यरत राजेन्द्रप्रसाद दासलाई पक्राउ गरेको हो ।

प्रमाणपत्र तह नै उर्तीण नगरेका दासले नक्कली प्रमाणपत्र पेश गरी एमबीबीएस पढेको देखिन आएको सीआईबीका प्रवक्ता दिबस लोहनीले बताए ।

अस्पतालबाटै पक्राउ परेका दासलाई सीआईबीको टोलीले राजधानी ल्याउदै गरेको लोहनीले बताए । उनलाई आइसकेपछि थप अनुसन्धान गरिने उनले जानकारी दिए ।

यसअघि सीआईबीले १३ जना नक्कली डाक्टर पक्राउ गरेको थियो । तर ती मध्ये एक जना सक्कली नै भेटिएपछि तत्काल रिहा गरेको थियो । बाँकी १२ जना माथी भने सीआईबीले थप अनुसन्धान अघि बढाएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *