अष्ट्रेलियामा युवा जमातको चुरोट पिउने संख्या ७० प्रतिशतले घट्यो

0
Shares

no tobaccoएजेन्सी- युवा जमातमा चुरोट पिउनेसंख्या अष्ट्रेलियामा अहिलेसम्मकै कम रेकर्ड गरिएको छ । अधिकारीहरुले यो रेकर्डलार्ई ‘ अष्ट्रेलिया टोवाकोफ्रि कन्ट्री’ छिटै हुने संकेतका रुपमा लिएका छन् ।

न्यू साउथवेल्समा गरिएको गणना अनुसार २० बर्ष पछि यसपटक युवा जमातको चुरोट पिउने संख्या ७० प्रतिशतले घटेको छ । यस्तो हुनुमा प्लेन प्याकेजिंङ, मूल्यमा भारी बृद्धि र जनचेतनाको प्रभाव भएको बताइएको छ ।

क्यान्सर इन्टिच्यूट अफ न्यू साउथवेल्सका अनिता डेसेक्स भन्छिन् , ‘२० बर्ष पहिले १२ देखी १७ बर्ष समूहको जमात २३.५ प्रतिशत थियो भने अहले सो संख्या घटेर ६.५ मा सिमित भएको छ ।’ उनी भन्छिन, ‘चुरोटको मूल्यबृद्धि एकदमै प्रभावकारी देखिएको छ । त्यसका साथसाथै प्लेन प्याकेजिङ, नियमित रुपमा गरिएको जनचेतना समेत यो नतिजा देखिनुको प्रमुख कारक हो ।’

त्यो बाहेक सूर्तिजन्य पदार्थ निषेधित क्षेत्र बढाउनु, नाबालकलाई चुरोटको खरीद बिक्रीमा सहभागी हुन निषेध गरिनुले पनि सेवनकर्ताको संख्यामा उल्लेख्य कमी हो । उनी भन्छिन् , ‘अष्ट्रेलियामा २० बर्ष अघि चुरोट पिउन सुरु गर्नेको उमेर १४ बर्ष थियो अहिले त्यो बढेर १६ बर्ष पुगेको छ ।’

क्यान्सर इन्टिच्यूट अफ न्यू साउथवेल्सका अनिता डेसेक्स भन्छिन् , ‘२० बर्ष पहिले १२ देखी १७ बर्ष समूहको जमात २३.५ प्रतिशत थियो भने अहले सो संख्या घटेर ६.५ मा सिमित भएको छ ।’ उनी भन्छिन, ‘चुरोटको मूल्यबृद्धि एकदमै प्रभावकारी देखिएको छ । त्यसका साथसाथै प्लेन प्याकेजिङ, नियमित रुपमा गरिएको जनचेतना समेत यो नतिजा देखिनुको प्रमुख कारक हो ।’

नेशनल हार्ट फाउन्डेसनका टोवाको कन्ट्रोल युनिटका प्रवक्ता मौराइस स्वान्सन नतिजा निकै उत्कृष्ठ भएकोमा सहमत छन् । उनी भन्छन् , ‘अष्ट्रेलियाको यो नतिजाले विश्वभरका सुर्ती उत्पादकहरुको निद हराम भएको हुनुपर्छ ।’ उनका अनुसार कम उमेर समूहमा सूर्तिजन्य पदार्थको सेवन सुरु गर्नबाट रोकियो भने यसले सेवनकर्ताको संख्यामा प्रभावकारी रुपमा कमी ल्याउछ । र चुरोट सेवन कर्तामा हुने कमी अष्ट्रेलिया सरकारको विलियन डलर जोगिनु पनि हो ।

उनी भन्छन् , ‘हामी आशावादी छौँ र त्यो भविस्यको कल्पनामा छौँ जब सुर्तीजन्य पदार्थबाट लाग्ने रोगको निवारणको लागि एक दम कम पैसा खर्च गर्न परोस ।’

डेसेक्स भन्छिन्, यो अवस्था सम्म पुग्नुको लागि सरकारी तथा स्वास्थ्य क्षेत्रमा काम गर्ने संस्थाहरुले लगानी बढाउनु जरुरी छ । सरकारी अधिकारीहरुले बजार अनुगमन गरी सुर्तीजन्य पदार्थमा युवा जमात कसरी लत बढाउदैछ त्यसबारेमा जानकारी लिनुपर्छ ।

उनले अष्ट्रेलियामा युवाअवस्थामै चुरोट सेवनमा लत बढाउनुमा भिडियो गेम पनि रहेको बताउछिन् । एक अध्ययन अनुसार प्रत्येक एक घण्टा एक बालकले भिडियोगेम खेल्यो भने त्यो व्यक्तिमा सुर्तीजन्य पदार्थको लत लाग्ने सम्भावना ८ प्रतिशतले बढेर जान्छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *