अब सूर्तिजन्य पदार्थ लिएका व्यक्तिले स्वास्थ्य मन्त्रालयमा प्रवेश नपाउने

144
Shares

काठमाडौँ, १२ चैत । स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले अब सूर्तिजन्य पदार्थ लिएका व्यक्तिले स्वास्थ्य मन्त्रालय प्रवेश नपाउने बताएकी छन् । सूर्तिजन्य पदार्थको प्रयोगलाई नियन्त्रण नियमको कार्यान्वनय गर्न यस्तो उपाय अपनाउन लागेको स्पष्ट पारेकी छन् ।

पदवहालीपछिको पहिलो पत्रकार अन्तरक्रिया कार्यक्रमलाई सम्वोधन गर्ने क्रममा मन्त्री अर्यालले भनिन् , ‘म मन्त्रालयमा जति दिन रहन्छु काम गरिनै रहन्छु र हरेक नियम बनाइसकेपछि लागू आफैबाट गर्नुपर्छ भन्ने मान्यता राख्छु । त्यसैले अवदेखि स्वास्थ्य मन्त्रालयमा सूर्तिजन्य पदार्थ सेवन त परै जावस खल्तिमा बोकेका व्यक्तिले पनि प्रवेश पाउने छैनन् ।’

उनले मन्त्रालयको गेटमा रहने सुरक्षा कर्मीले सूर्तिजन्य पदार्थ बोकेको नबोकेको बारेमा सोधपुछ तथा खानतलासि लिन सक्ने समेत बताइन् ।

सूर्तिजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन २०६८ ले मन्त्रालय जस्ता सरकारी निकायहरुमा सूर्तिजन्य पदार्थको प्रयोगलाई पूर्णरुपमा निशेध गरेको छ । तर अहिले पनि मन्त्रालय परिषरमा फाट्ट फुट्ट सूर्तिजन्य पदार्थ सेवन गरिरहेको भेटिने गरेको छ ।

नेपाल सरकारले सूर्ति नियन्त्रणका लागि उत्कृष्ठ कानून बनाएर अन्तराष्टिय अवार्ड हात पारेपनि कार्यान्वनय कडाई गर्न नसक्दा बेलाबखत आलोचित हुने गरेको छ । राज्य मन्त्री अर्यालको घोषणाले स्वास्थ्य मन्त्रालयले सूर्ति नियन्त्रण सम्वन्धी कानून कार्यान्वयनलाई पुन: प्राथमिकताका साथ अघि बढाउन खोजेको अनुमान गर्न सकिन्छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *