रसुवामा तीनवटा स्वास्थ्य चौकी हस्तान्तरण

116
Shares

रसुवा, ५ चैत । उत्तरी क्षेत्रको स्याफ्रुबेँसी, थुमन र बृद्धिममा प्रिफेब मोडेलबाट नवनिर्मित स्वास्थ्य चौकी हस्तान्तरण गरिएको छ ।

‘गोरखा भूकम्प’ले क्षति पु¥याएका रसुवाका स्वास्थ्य चौकी नयाँ निर्माण एवं मर्मतको जिम्मा लिएको करुणा फाउन्डेसनले निर्माण गरेको ती स्वास्थ्य चौकी आज हस्तान्तरण गरिएको जिल्ला जनस्वास्थ्य कार्यालयका स्वास्थ्य शिक्षा अधिकृत शिवप्रसाद बडालले जानकारी दिए ।

हस्तान्तरण गरिएका स्याफ्रुबेँसी, थुमन र बृद्धिम स्वास्थ्यचौकी निर्माणमा रु एक करोड ३८ लाख खर्च भएको र स्वास्थ्य मन्त्रालयको मापदण्डअनुरुप प्रत्येक प्रिफेव मोडलको भवनमा सात÷सात कोठा रहेको छ ।

फाउन्डेसनले रसुवाका स्वास्थ्यचौकी मध्ये १० वटा पुनःनिर्माण र तीनवटा मर्मत गराउने जिम्मा पाएको थियो । संस्थाले यसअघि राम्चे र धुन्चेको स्वास्थ्य चौकी भवन निर्माण गरी हस्तान्तरण गरिसकेको छ ।

यस्तै यार्सा, पारच्याङ, ठूलोगाउँ, डाँडागाउँ र गतलाङमा निर्माणाधीन स्वास्थ्य चौकी हस्तान्तरण गर्ने तयारी भइरहेको फाउन्डेसनका प्रमुख मन्दर शिखर बनर्जीले जानकारी दिए। रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *