विभागको महानिर्देशकमा डा. पन्त फर्कँदै, डा. पौडेल गए सर्बोच्चमा 

288
Shares

काठमाडौँ, २८ माघ ।  स्वास्थ्य सेवा विभागको महानिर्देशक परिवर्तन गर्ने निर्णय कार्यान्वनय नगर्नु भन्ने सर्बोच्च अदालतको अन्तरिम आदेश बिरुद्ध ‘भ्याकेट’ प्रयोग भएको छ । विभागका नयाँ महानिर्देशक डा. तारानाथ पौडेलले सो निर्णय खारेजीको माग गर्दै गत विहीबार सर्बोच्चमा  ‘भ्याकेट’ दर्ता गराएका हुन् । सो भ्याकेटको सुनुवाई आजका लागि तोकिएको छ ।

सर्बोच्चले गत १८ माघमा पूर्व महानिर्देशक डा. राजेन्द्र पन्तले आफूलाई सरुवा गर्ने निर्णयविरुद्ध दायर रिटमा प्रारम्भिक सुनुवाई गर्दै ३० पुसको मन्त्रीस्तरीय निर्णय कार्यान्वनय नगर्न अन्तरिम आदेश दिएको थियो । सो आदेश पछि डा. पन्त आजैबाट विभागमा फर्कदैँ छन् ।

नयाँ महानिर्देशक डा. पौडेल भने सर्बोच्चको निर्णय एकपक्षीय भएको भन्दै खारेजीको माग गर्दै भ्याकेटमा गएका हुन् ।

गत ३० पुसमा मन्त्रीस्तरीय निर्णय गर्दै स्वास्थ्य मन्त्री दीपक बोहराले विभागका महानिर्देशक डा पन्तलाई मन्त्रालय तानेर उनको ठाँउमा डा पौडेललाई पठाएका थिए । सो निर्णय कार्यान्वनय नगर्न माग गर्दै डा पन्त गत १७ माघमा सर्बोच्च अदालत गएका थिए । सर्बोच्चले १८ माघमा प्रारम्भिक सुनुवाई गर्दै निर्णय कार्यान्वनय नगर्न अन्तरिम आदेश दिएको थियो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *