चार सय बढीको मधुमेह र थाइराइडको निःशुल्क जाँच

36
Shares


पोखरा, २३ पुस । युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल) र नेवाः मिसा पुचः पृथ्वीचोक पोखराको संयुक्त आयोजनामा शनिबार मधुमेह तथा थाइराइडसम्बन्धी निःशुल्क रक्त जाँच शिविरको आयोजना गरियो ।

शिविरमा ४०३ जनाको निःशुल्क रक्त जाँच गरिएको थियो । कार्यक्रममा पेट तथा कलेजो रोग विशेषज्ञ डा सुवास भट्टराईले यस्ता शिविरबाट समयमै रोग पत्ता लाग्ने र समयमै उपचार भएर रोग निको हुने बताए ।

युआरएलका प्रबन्ध निर्देशक ठाकुरप्रसाद पन्तले युआरएलले सामाजिक उत्तरदायित्व बहन गर्ने कार्यक्रमअन्तर्गत गुणस्तरीय स्वास्थ्य सेवामा सर्वसाधारणको पहुँच पु¥याउन विभिन्न संघ, संस्थासँगको सहकार्यमा यस प्रकारका शिविर आयोजना गरिँदै आएको जानकारी गराए । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *