चार जनामा डेंगु फेला

0
Shares

कपिलवस्तु,३ मंसिर । यहाँ डेंगु रोगका चार बिरामी फेला परेका छन् । बुद्धभूमि नगरपालिकाको बरकलपुर स्वास्थ्यचौकीमा स्वास्थ्य परीक्षणमा आएका विरामीको स्वास्थ्य जाँच गर्दा डेंगु देखिएको बताइएको छ ।

स्थानीय स्वास्थ्य संस्थामा उपचार गराउँदा निको नभएपछि स्वास्थ्यचौकीमा आएका बिरामीलाई डेंगु परीक्षणका लागि अञ्चल अस्पताल बुटवल सिफारिस गरिएको थियो ।

चारमध्ये तीन बिरामी उपचारपछि घर फर्केको र केहीको अञ्चल अस्पताल बुटवलमा उपचार भइरहेको बताइएको छ । बरकुलपुर स्वास्थ्य चौकी इन्चार्ज चन्द्रावती अधिकारीका अनुसार डेंगु लागेका बिरामीमा अत्यधिक ज्वरो आउने तथा टाउको, आँखा र हाडजोर्नी दुख्ने लक्षण देखिने गरेको बताए ।

जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले डेंगुबारे सचेत गराउँदै सर्वसाधारणलाई लामखुट्टेको टोकाइबाट बच्न झुलभित्र सुत्न र सरसफाइमा विशेष ध्यान दिन आग्रह गरेको छ । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *