विशेषज्ञ चिकित्सक लाइसेन्स परीक्षामा ७१ प्रतिशत पास

4.5k
Shares

काठमाडौँ, २७ कात्तिक । नेपाल मेडिकल काउन्सिलले शनिबार लिएको विशेषज्ञ नाम दर्ता (विशेषज्ञ लाइसेन्स) परीक्षामा ७१ प्रतिशत चिकित्सक उत्तीर्ण भएका छन् । बाँकी २९ प्रतिशत भने अनुतीर्ण भएका छन् ।

काउन्सिलका रजिष्टार डा दिलिप शर्माका अनुसार लाइसेन्स परीक्षाका लागि ७४४ जनाले फारम भरे पनि ७३८ जना सहभागी भएका थिए । ती मध्ये ५२७ जना(७१.४१ प्रतिशत) चिकित्सक मात्रै उत्तीर्ण भएका हुन् । बाँकी २११ जना(२८.५९ प्रतिशत) चिकित्सक फेल भएका हुन् ।
डा शर्माले फेलहुनेमध्ये धेरैजसो चीन र फिलिपिन्सबाट अध्ययन सक्काएकाहरु रहेको बताए ।

एमबीबीएस पछि कुनै विषयमा विशेषज्ञता हासिल गर्न थप तीन बर्ष अध्ययन गरी उत्तीर्ण भएपछि विशेषज्ञ लाइसेन्स परीक्षामा सहभागिता हुन पाइन्छ । काउन्सिलको लिएको यसपटकको परीक्षामा विभिन्न ४६ विषयमा विशेषज्ञता हासिल गरेका चिकित्सकहरु सहभागी थिए ।

काउन्सिलले ‘पोष्ट ग्राजुएट्स’ तह एमडी, एमएस र एमडीएस अध्ययन पुरा गरेका चिकित्सकहरुलाई विशेषज्ञ चिकित्सकको रुपमा काम गर्न बर्षको तीन पटक विशेषज्ञ लाइसेन्स परीक्षा लिने गर्दछ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *