स्वास्थ्य बीमा विधेयक राष्ट्रपतिद्धारा प्रमाणीकरण

284
Shares

काठमाडौँ, १ कात्तिक । राष्ट्रपति विद्या देबी भण्डारीले स्वास्थ्य बीमा विधेयक २०७४ आज प्रमाणीकरण गरेकी छन् ।

व्यवस्थापिका संसदको बैठकबाट २४ असोजमा पारित सो विधेयक प्रमाणिकरणको लागि राष्ट्रपतिको पुगेको थियो । राष्ट्रपति कार्यालयद्धारा आज जारी विज्ञप्तीमा नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम सो विधेयक प्रमाणिकरण गरेको उल्लेख छ ।

प्रमाणिकरण भएसंगै अब सो विधेकय राजपत्रमा प्रकाशित हुने र स्वास्थ्य बीमा ऐनको रुपमा कार्यान्वनयमा जाने बाटो खुलेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *