स्वास्थ्य बीमा विधेयक राष्ट्रपतिद्धारा प्रमाणीकरण

काठमाडौँ, १ कात्तिक । राष्ट्रपति विद्या देबी भण्डारीले स्वास्थ्य बीमा विधेयक २०७४ आज प्रमाणीकरण गरेकी छन् ।

व्यवस्थापिका संसदको बैठकबाट २४ असोजमा पारित सो विधेयक प्रमाणिकरणको लागि राष्ट्रपतिको पुगेको थियो । राष्ट्रपति कार्यालयद्धारा आज जारी विज्ञप्तीमा नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम सो विधेयक प्रमाणिकरण गरेको उल्लेख छ ।

प्रमाणिकरण भएसंगै अब सो विधेकय राजपत्रमा प्रकाशित हुने र स्वास्थ्य बीमा ऐनको रुपमा कार्यान्वनयमा जाने बाटो खुलेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *