स्वास्थ्य बीमा सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयक पास
काठमाडौँ, २४ असोज । स्वास्थ्य बीमा सम्वन्धमा ब्यवस्था गर्न बनेको विधेयक पास भएको छ । व्यवस्थापिका संसदको आज बसेको बैठकले बीमा सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयक पास गरेको हो ।
यो विधेयक हिजो मात्रै संसदको महिला बालबालिका जेष्ठनागरिक र समाजकल्याण समितिबाट पारित भई आज संसदमा छलफलका लागि दर्ता भएको थियो ।
अघिल्ला स्वास्थ्य मन्त्री गगन थापाको पालामा तयार भएको विधेयकको स्वरुपलाई हालका स्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेलले परिमार्जन गरी गत २२ साउनमा पेश गरेका थिए ।
त्यस लगत्तै संसोधनका लागि प्रस्ताव आवहान गरिएको थियो । गत असोज ८ गते देखि भने संसदको महिला बालबालिका, जेष्ठ नागरिक र समाजकल्याण समितिले दफावार छलफल गरेको थियो ।
राष्ट्रपतिबाट प्रमाणित गर्ने र राजपत्रमा प्रकाशित गर्ने मात्रै काम बाकी रहेको छ । यो हुनासाथ यो विधेयक ऐनको रुपमा कार्यान्वयनमा आउने छ ।
यसले सबै नागरिकलाई बीमा समेटने र स्वास्थ्यको अधिकारलाई प्रत्याभुत गर्ने काम गरेको छ । सांसदहरुले उठाएका प्रश्नमा स्वास्थ्य मन्त्री पोखरेलले भनेका थिए ।
स्वास्थ्य मन्त्री पोखरेलले बीमा विधेयकका सम्बन्धमा सांसदहरुले उठाएका प्रश्नको जवाफ यसरी दिएका थिए
सम्पर्क इमेल : [email protected]