परिवार नियोजनका साधन छाडी पुरानै विधिमा रमाउने १० प्रतिशत ?
काठमाडौँ, ४ असोज । परिबार नियोजनका साधन प्रयोग गर्न योग्य नेपालीहरुमध्ये करीब आधा जसोले त्यसको प्रयोग गरेकै छैन । र प्रयोग गरेका मध्ये करीब १० प्रतिशतले त पुरानै परम्परागत विधिमै रमाएका छन् ।
केही महिना अघि सार्वजनिक भएको नेपाल जनसाख्यिक स्वास्थ्य सर्भेक्षण २०१६ ले परिबार नियोजनको आधुनिक साधन प्रयोग गर्ने व्यक्तिको संख्या ४३ प्रतिशत रहेको देखाएको छ । अरु १० प्रतिशतले भने परम्परागत विधिको प्रयोग गरेको जानकारी दिएको छ ।
‘परम्परागत विधि भन्नाले झिक्ने विधि, स्तनपान गराउने विधि, महिनाबारी पछिको दिन गणना गर्ने विधि आदि हुनसक्छन्, करीब १० प्रतिशत यसैमा रमाएको पाइयो,’ स्वास्थ्य सेवा विभाग परिवार स्वास्थ्य महाशाखाका निर्देशक डा. नरेशप्रताप केसीले भने ।
उनले परिवार नियोजनका साधन प्रयोग गर्ने दर बढ्दोक्रममा भएपनि लक्ष्य अनुसार पुगेको नपुगेको बताए । युवा तथा किशोर किशोरीहरुको ठूलोसंख्या विदेशमा रहेकोले पनि यसको प्रयोगदरमा कमि आएको ठोकुवा गरे ।
अहिले पनि करीब २४ प्रतिशत यस्तो जनसंख्या छ जसले परिवार नियोजनका साधन चाहेर पनि पाएको छैन । अवको हाम्रो लक्ष्य सबैलाई साधन पुरयाउनु हो । डा केसीले भने ।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



