मानसिक रोग विशेषज्ञ डा. सरोज ओझा पुरस्कृत

68
Shares

बागलुङ, १ असोज ।  जिल्लामा स्थापित डा तरुण पौडेल चिकित्सा पुरस्कार’ त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका मानसिक रोग विभाग प्रमुख प्राध्यापक डा सरोजप्रसाद ओझालाई प्रदान गरिएको छ ।

डा तरुण पौडेल चिकित्सा कोषद्वारा शनिबार आयोजित कार्यक्रममा प्रा डा ओझालाई बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले नगद रु १५ हजार राशिको सो पुरस्कार प्रदान गरे ।

स्वास्थ्य क्षेत्रमा पु¥याएको योगदानबापत प्रा डा ओझालाई पुरस्कृत गरिएको कोषका अध्यक्ष काजी रोशनले बताए । मानसिक रोग विशेषज्ञका रुपमा लामो समयदेखि सेवारत प्रा डा ओझा बागलुङमा जन्मेका हुन् ।

यसैगरी कोषले ओमकुमारी शान्ति कोषका अध्यक्ष राजेश शाक्यलाई रू १५ हजार राशि सहितको ‘डा तरुण पौडेल चिकित्सा सम्मान’ प्रदान गरेको छ । सो कोषले आर्थिक अभावमा उपचारबाट वञ्चित नागरिकलाई सहायता गर्दै आएको छ ।

सोही कार्यक्रममा बागलुङ, पर्वत, मुस्ताङ र म्याग्दी जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीलाई प्रोत्साहन पुरस्कार प्रदान गरिएको थियो ।

लेते प्राथमिक स्वास्थ्य चौकी मुस्ताङका जनस्वास्थ्य अधिकृत सीताराम कार्की, कटुवाचौपारी स्वास्थ्य चौकी पर्वतका जनस्वास्थ्य अधिकृत रुद्र शर्मा, सिँगा स्वास्थ्य चौकी म्याग्दीका जेष्ठ अहेव हरिलाल अधिकारी र पाण्डवखानी स्वास्थ्य चौकीका अनमी हिमाकुमारी श्रीसले जनही नगद रु सात हजार ५०० रुपैया पाएका थिए ।

कोषले विगत चार वर्षदेखि स्वास्थ्य क्षेत्रमा योगदान पु¥याएका व्यक्तित्वलाई सम्मान तथा पुरस्कार प्रदान गर्दै आएको छ । राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका निर्देशक डा तरुण पौडेल धवलागिरि अञ्चल अस्पताल बागलुङमा रहँदा सो कोष स्थापना गरेका थिए । लामो समय उक्त अस्पतालको मेडिकल सुपरीटेण्डेन भएर काम गरेका डा पौडेल पनि बागलुङवासी हुन्।

 राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका निर्देशक डा तरुण पौडेल धवलागिरि अञ्चल अस्पताल बागलुङमा रहँदा सो कोष स्थापना गरेका थिए । लामो समय उक्त अस्पतालको मेडिकल सुपरीटेण्डेन भएर काम गरेका डा पौडेल पनि बागलुङवासी हुन् । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *