बाँकेका स्वास्थ्य संस्था स्थानीय तहलाई हस्तान्तरण

212
Shares

नेपागन्ज, १ असोज । स्वास्थ्य मन्त्रालयले जिल्ला जनस्वास्थ्य कार्यालय मातहत रहेका स्वास्थ्य संस्थालाई स्थानीय तहमा हस्तान्तरण गर्ने कार्य सुरु गरेको छ । देशमै पहिलो पटक स्वास्थ्य संस्थालाई स्थानीय तहमा हस्तान्तरणको सुरुवात गरिएको सम्भवतः यो पहिलो जिल्ला हो ।

संवैधानिक व्यवस्था अनुसार बाँके जिल्ला जनस्वास्थ्य कार्यालयको मातहतमा रहेका यस जिल्लाका सम्पूर्ण स्वास्थ्य संस्थालाई स्वास्थ्य मन्त्रालयका सचिव डा किरण रेग्मीले शनिबार यहाँ आयोजित एक कार्यक्रममा स्थानीय तहलाई हस्तान्तरण गरिन।

सो अवसरमा सचिव डा रेग्मीले स्थानीय निकायका पदाधिकारी र स्वास्थ्यकर्मीले इमान्दारिताका साथ कार्य सम्पादन गर्ने विश्वास व्यक्त गरिन । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *