चीनबाट साढे सात लाख थान बीसीजी सुई ल्याइदै

0
Shares

काठमाडौँ, २३ भदौ । जिल्ला जिल्लाबाट बीसीजी खोप लगाउने सुई अभाव भईरहेको खवर आएका बेला स्वास्थ्य सेवा विभागले आत्तिनु पर्ने अवस्था नभएको जनाएको छ । उसले ७ लाख ५५ हजार थान सुई चीनबाट आउदै गरेको बताएको छ ।

स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य महाशाखाले भदौ भरलाई पुग्ने गरी स्थानीय स्वास्थ्य संंस्थामा सुई रहेको र असोज पछि आउदै गरेको सुईले काम चल्ने बताएको छ ।

बाल स्वास्थ्य महाशाखा अन्तरगतको खोप शाखा प्रमुख कृष्णबहादुर चन्दले केही जिल्लाका स्टोरहरुमा बीसीजी खोप लगाउने सुई नभएको तर स्थानीय खोप केन्द्रमा भने प्रयाप्त रहेको बताए । उनले भने, जिल्लाका स्टोरमा सुई छैनन् । तर स्वास्थ्य चौकी तथा प्राथमिक स्वास्थ्य केन्द्रहरुमा छ । यो महिनालाई पुग्छ ।

आपूर्ति व्यवस्था महाशाखाका उपसचिव बाबुराम पौडेलले अभाव भएको भन्ने हल्ला मात्रै भएको भन्दै अहिले बीसीजी खोप तथा सुईको अभाव नभएको बताए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *