काठमाडौँ नेशनल मेडिकल कलेजको सम्वन्धन तत्कालका लागि स्थगित

0
Shares

काठमाडौँ, १७ भदौ । त्रिभुवन विश्वविद्यालयले काठमाडौँ नेशनल मेडिकल कलेजको सम्वन्धन तत्कालका लागि स्थगित गरेको छ । आज बसेको त्रिवि कार्यकारी परिषदको बैठकले मेडिकल कलेज तथा शिक्षण अस्पतालको मापदण्ड पुरा छ कि छैन भन्ने अध्ययन गर्न एक समिति बनाउँदै सो समितिको प्रतिवेदन नआउँदासम्मका लागि सम्वन्धन स्थगित गर्ने निर्णय गरेको हो ।

त्रिविले काठमाडौँ नेशनल मेडिकल कलेज अवस्था अध्ययन गर्न कानून संकायका प्राध्यापक सनत देवकोटाको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ । सो समितिमा त्रिभुवन विश्वविद्यालयका प्रशासन तर्फका कर्मचारी पर्शुराम कोइराला र मेडिकल तर्फका डा प्रशान्त भट्ट सदस्य रहेका छन् । सो समितिलाई एक साता भित्र प्रतिवेदन बुझाउन कार्यदेश दिइएको त्रिवि उपकुलपति प्राडा तिर्थ खनियाले बताए ।

‘हामीले आज मुख्य त तीनवटा निर्णय गरयौँ पहिलो हामीले दिएको सम्वन्धन नितान्त कार्यकारी परिषदको निर्णय हो । यसमा कुलपति वा अन्य कुनै राजनीतिक दल र तीनका नेतालाई दोश दिनु पर्दैन । योे हाम्रो आफ्नो क्षेत्र भित्र पर्ने कुरा हो । दोस्रो हामीले काठमाडौँ नेशनल मेडिकल कलेजले सञ्चालन गरेको हस्पिटलको बारेमा स्वास्थ्य मन्त्रालयसंग सोधपुछ गरयौँ र सोध्यौँ त्यहाँ स्वीकृति लिएको छ कि छैन ?स्वास्थ्यले छैन भन्यो । त्यसपछि हामीले अर्को निर्णय गरयौँ । यी सबै विवाद र बास्तविकता के हो ? एक पटक फेरी हेरौँ भनेर । एक हप्तामा उहाँहरुले रिपोर्ट दिनुहुन्छ । त्यतिन्जेल सम्मका लागि सम्वन्धन स्थगित छ,’ प्राडा खनियाले भने ।

अदालतको आदेश भन्दै त्रिवि कार्यकारी परिषदको गत १२ साउनमा बसेको बैठकले घट्टेकुलोमा रहेको काठमाडौँ नेशनल मेडिकल कलेजलाई सम्वन्धन दिने निर्णय गरेको थियो । सो निर्णय एकदमै विवादित बनेको थियो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

One thought on “काठमाडौँ नेशनल मेडिकल कलेजको सम्वन्धन तत्कालका लागि स्थगित

  1. अस्ति भरखर विदेश जाने यूवति हरू माथि दूरव्यवहार गरेको भनेर सिनामगंल वाट समातिएका डा .भट्ट लाइ आयोगको सदस्य वनाएछ। खाँनिया सरले कोहि पाएनछन त हँ??

Leave a Reply

Your email address will not be published. Required fields are marked *