बाढी पीडितको सहयोगार्थ औषधि आयातकर्ता संघले दियो १० लाख

248
Shares

काठमाडौँ,२ भदौ । नेपाल औषधि आयातकर्ता संघले तराईका बाढी पीडितको सहयोगार्थ सरकारलाई १० लाख हस्तान्तरण गरेको छ । संघले आज विहान स्वास्थ्य मन्त्री गिरिराजमणी पोखरेल मार्फत प्रधानमन्त्री राहत कोषमा जम्मा हुने गरी १० लाख रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।

संघका महासचिव पवन आचार्यले बाढी पीडित जनताका लागि सहयोग तथा राहत दिने उदेश्य अनुरुप प्रधानमन्त्री कोषमा जाने गरी रकम हस्तान्तरण गरेको बताए ।

उनले आवश्यक परेको खण्डमा संघले थप सहयोग गर्ने समेत बताए । ‘कसैलाई दुख पर्दा कसैले सहयोग त गर्नुनै पर्छ । हामीले पनि त्यहि गरेका हौँ । आज बाढी पीडितका लागि सानो सहयोग उपलव्ध गराएका हौँ ,’  आचार्यले भने ।

चेक हस्तान्तरण कार्यक्रममा संघका अध्यक्ष अंजन पुडासैनी सहित अन्य पदाधिकारीहरुको उपस्थिति थियो । सहयोग रकम बुझेपछि स्वास्थ्य मन्त्री पोखरेलले संघले पुन्य कार्य गरेको भन्दै निजी क्षेत्रसंग सरकारको सहकार्य जारी रहने बताए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *