बाढी प्रभावित क्षेत्रमा स्वास्थ्यले चार टोली खटाउँदै
काठमाडौँ, २९ साउन । स्वास्थ्य मन्त्रालयले बाढी प्रभावित क्षेत्रको अवस्था निरीक्षण गर्न उपसचिवको नेतृत्वमा चारवटा टोली खटाउने भएको छ ।
विहान स्वास्थ्यसेवा विभागमा बसेको बैठकले विराटनगर, जनकपुर, रौतहट सर्लाही र नेपालगञ्जका लागि चारवटा टोली खटाउने भएको हो ।
विभागका उपमहानिर्देशक चुडामणी भण्डारीका अनुसार पूर्वाञ्चलमा डा गुणनिधी शर्मा, जनकपुरमा भीम सापकोटा, रौतहट सर्लाहीमा सागर घिमिरे र नेपालगञ्जका लागि परशुराम श्रेष्ठलाई खटाउने निर्णय गरेको हो ।
सो टोलीले स्थानीय तहको स्वास्थ्य अवस्था अध्ययन गर्ने र आवश्यक औषधि उपचारको लागि केन्द्रसंग समन्वय गर्ने बताइएको छ ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



